Logo

कमरेड गोन्जालो र नेपाल


गोपाल किराती

विश्व कम्युनिस्ट आन्दोलनका एक जोदाहा तथा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष कमरेड गोन्जालोको निधनले मार्क्सवादी क्रान्तिकारीहरुलाई दुखित तुल्याएको छ। सन १९३४ मा जन्मेर दर्शनशास्त्रको प्राध्यापक रहेका गोन्जालोको ८६ बर्षको उमेरमा, का’रावासको अवस्थामा निधन भयो। सन १९९२ मा आफ्ना श्रीमति र पार्टी कमरेडहरुसहित गि’रफ्तार परेका गोन्जालो २९ बर्षसम्म राजब’न्दी रहे। मार्क्सवाद(लेनिनवाद-माओवादप्रतिको दृढ प्रतिबद्वतामा गोन्जालो स्तरको कम्युनिस्ट नेता २९ बर्ष राजब’न्दी रहेको सम्भवतस् यो नै सर्वोच्च घ’टना हो। अतस् विश्व कम्युनिस्ट आ’न्दोलनको इतिहासमा गोन्जालोको उच्च मूल्याङ्कन स्वतस् स्पष्ट छ।

६ करोड जनसंख्या रहेको पेरुमा, गोन्जालो नेतृत्वमा सन १९८१ देखि जनयु’द्व उद्घोष गरियो। ११ बर्षको जनयु’द्वले पेरुको ७० प्रतिशत भू-भाग क’ब्जामा लिन सफल भईरहेको थियो। रणनीतिक रक्षा र रणनीतिक शक्ति सन्तुलनको चरण पूरा गर्दै पेरुभियाली क्रा’न्तिलाई रणनीतिक प्रत्याक्रमणको चरणमा उठाउन स्थलगत अध्ययन कार्यमा गोन्जालो टोली पेरुको राजधानी लिमास्थित पुगेको थियो। त्यही क्रममा, सन १९९२ मा गि’रफ्तारमा परि गोन्जालोले २९ बर्ष लामो आजीवन का’रावास सं’घर्ष लडे।

पार्टी अध्यक्ष रहेका गोन्जालो दु’श्मनको क’ब्जामा परेपछि ४५ बर्षीय फिलिसियानोले पार्टी महासचिवको जिम्मेवारी सम्हाल्दै जनक्रा’न्ति जारी राखे। तर, लगत्तै उनी पनि गि’रफ्तारीमा परेपछि २७ बर्षीय आर्तीमो पार्टी महासचिव बने। छापामार दस्ताको कुशल कमाण्डर रहेका आर्तीमो पनि गि’रफ्तार परेपछि पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) वस्तुतस् ओझेलमा पर्यो।

सन १९८४ मा विश्वका क्रान्तिकारीहरुको भेला आयोजना गरि माओका सार्वभौम योगदानहरुलाई “मार्क्सवाद”लेनिनवाद-माओवाद” को तहमा संश्लेषण गर्न र पेरुभियाली समाजबाट माओवादको व्यवहारिक अभ्यास प्रारम्भ गर्न कमरेड गोन्जालो सम्पूर्ण शक्तिका साथ केन्द्रीत रहे। अत: वैज्ञानिक समाजवाद स्थापनार्थ साम्राज्यवाद तथा विस्तारवाद वि’रुद्व देशभक्त जनक्रान्तिका लागि कमरेड गोन्जालोको राजनीतिक जीवन संघर्षले नेपाली क्रान्तिकारीहरुलाई निश्चय नै सदा उत्प्रेरित गर्नेछ।

संगसंगै, “टुपाक अमारु” नामक चेवादी दस्ता पेरुमा संघर्षरत थियो। टुपाक अमारुका प्रमुख भिक्टर पोले अगावैदेखि राज्यको बन्दी थिए। साइनिङ पाथको अवसान संगसंगै टुपाक अमारुले विश्व चर्चित का’र्वाही गर्यो। अमेरिकी द’लाल राष्ट्रपति फुजिमोरीका म’तियारहरु ठूलो संख्यामा भोज खाइरहेको भवन क’ब्जा गरि टुपाक अमारुले करिब चार सय जना विदेशीलाई पुरै चार महिना ब’न्दी बनायो। भिक्टर पोलेसहित आफ्ना नेताहरुको सकुशल रि’हाईको माग गर्दै जापानी राजदुतसहितका विदेशीलाई क’ब्जामा लिने त्यस कार्वाहीको कमाण्डर नेस्टर सेर्पा थिए। अन्तमा, अमेरिका र जापानलगायत अनेक सा’म्राज्यवादी ष’डयन्त्रबाट फुजिमोरी सेनाले सुरुङ खनी उक्त भवन प्रतिक’ब्जामा लिए र कमाण्डर नेस्टर सेर्पा र उनकी जीवन संगिनी नान्सीसहित १६ जना टुपाक अमारु छापामारको निर्मम ह”त्या गरे।

सन १९७६ मा माओ त्सेतुङ्को निधन लगत्तै सन १९८१ देखि पेरुमा सशस्त्र जनयु’द्व लडेका अबिमाइल गुजमान रेनोसे “गोन्जालो” माओपछि विश्व कम्युनिस्ट आ’न्दोलनका एक प्रभावशाली नेता हुन। सन १९८४ मा विश्वका क्रान्तिकारीहरुको भेला आयोजना गरि माओका सार्वभौम योगदानहरुलाई “मार्क्सवाद”लेनिनवाद-माओवाद” को तहमा संश्लेषण गर्न र पेरुभियाली समाजबाट माओवादको व्यवहारिक अभ्यास प्रारम्भ गर्न कमरेड गोन्जालो सम्पूर्ण शक्तिका साथ केन्द्रीत रहे। अत: वैज्ञानिक समाजवाद स्थापनार्थ साम्राज्यवाद तथा विस्तारवाद वि’रुद्व देशभक्त जनक्रान्तिका लागि कमरेड गोन्जालोको राजनीतिक जीवन संघर्षले नेपाली क्रान्तिकारीहरुलाई निश्चय नै सदा उत्प्रेरित गर्नेछ।

नेपाली जनयुद्वको राजनीतिक रुपान्तरण र विकसित कार्यभार

पछिल्लो समय विचारधारामा माओवादको अडानका आधारमा पार्टी पुनर्गठन गर्नु परेको घटना बाहेक कमरेड प्रचण्डसंग हामीहरुको खास मतभे’द थिएन। अन्तर्राष्टीय तथा राष्ट्रीय शक्ति सन्तुलनको ठोस विश्लेषण गर्दै बहुदलीय गणतन्त्रको चुनवाङ कार्यनीति र शक्ति सन्तुलनकै आधारमा दोस्रो संविधानसभाबाट गणतन्त्र नामको संविधान जारी गर्ने संदर्भमा हामीले प्रचण्डलाई सम्पूर्ण शक्तिले साथ दिएका हौं। किनकि, अमेरिकी सा’म्राज्यवाद र यहाँस्थित त्यसका द’लालहरुको कम घनिभूत यु’द्व रणनीतिको चपेटामा नेपाली जनयु’द्व पर्दै थियो, जसको परिणाम पेरुको नियती बाहेक अरु हुनै सक्दैनथ्यो, भन्ने तथ्यमा हामीहरु सतप्रतिशत सहमत रह्यौं। तर, पार्टीमा निहित वामपन्थी विसर्जनवादी प्रबृत्तिले पेरुको स्थितिलाई नजरअन्दाज गर्दा बिना संविधान पहिलो संविधानसभा वि’घटन हुन पुग्यो र औचित्यहीन पार्टी वि’भाजन गरियो।

गणतन्त्र नामको संविधान जारी हुँदा नहुदै दक्षिणपन्थी विसर्जनवादी प्रबृत्तिले मार्क्सवाद तथा माओवादी पार्टी परित्याग गर्ने र प्रचण्डहरु पनि माओवादलाई लात हान्दै एमालेतर्फ हामफाल्ने घटना नै नेपालमा माओवादी कम्युनिस्ट आ’न्दोलन विसर्जनको मुख्य जिम्मेवार हो। परन्तु, त्यस अघि औचित्यहीन पार्टी विभाजन गर्ने वाम विसर्जनवादले माओवादी पार्टीको धर्नाशोमा बन्चरो हानेको हो। अत: वाम विसर्जनबाट शुरु भएको माओवादी पार्टी वि’घटन दक्षिणपन्थी विसर्जनमा टुङ्गिएको खेदजनक परिदृश्य हेर्न क्रान्तिकारीहरु अभिशप्त बन्नु पर्यो।

यध्यपि, राजनीतिक प्रकारान्तरले अदालतले प्रचण्डहरुलाई नेकपा (माओवादी केन्द्र) जिम्मा दिएको छ र साउन ०७८ मा सम्पन्न त्यसको बैठकले वैज्ञानिक समाजवाद र नयाँ विचार एवं क्रान्तिकारी पार्टी निर्माण गर्ने भनेको छ। सर्वहारा साँस्कृतिक रुपान्तरणको प्रतिबद्वता र नेपालमा समाजवादको स्पष्ट अर्थात वस्तुसंगत कार्यक्रम निर्धारण गरि अघि बढ्न दृढ अग्रसर देखिन्छन भने विशेष नयाँ परिस्थितिमा प्रचण्ड माओवादीबाट ऐतिहासिक कार्यभार उठानको अपेक्षा बढाउन सकिन्छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्