Logo

विभागद्वारा २२२ जनालाई हिमाल आरोहणको अनुमति


काठमाडौँ: यस वर्षको शरद ऋतु (अटम सिजन) को आगमनसँगै हिमाल आरोहणका लागि आरोहीहरु तयार भइसकेका छन् ।

पर्यटन विभागका अनुसार शुक्रबारसम्म आगामी सिजनका लागि २३ टोलीले हिमाल आरोहणको अनुमति लिएका छन्। यो टोलिमा कुल २२२ जना सदस्य रहेका छन् ।

विभागको तथ्यांक अनुसार मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा बढी टोलिले अनुमति लिएका छन्। यसबाहेक शरद ऋतुमा आरोहण चढ्न कंचनजंगा, धौलागिरि, मरियाङ हिमालमा समेत अनुमति जारी भएको छ ।

अहिलेसम्म जारी भएका अनुमतिमध्ये ६ टोलीले मात्र अन्य हिमालको आरोहण अनुमति लिएको छ।
बसन्त ऋतुमा अहिलेसम्मकै बढी आरोहीले अनुमति लिएका छन्। सोही अनुसार शरद ऋतुका लागि पनि आरोहण अनुमति लिने क्रम जारी नै रहेको विभागले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्