Logo

गीतकार मंगल राईको ‘गाईघाट बजार २’ म्युजिक भिडियो सार्वजनिक


समाजसेवि तथा गीतकार मंगल राईको ‘गाईघाट बजार २’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतको रचनाकार मंगल राई हुन । राई  विशेष गरी गाँउ-घरको परिवेशलाई समेटेर पुर्वेली गीतहरुमा राम्रै कलम चलाउदै आईरहेका छन ।

गीतकार राई हाल प्रदेशी भुमिमा रहेरता पनि नेपाली गीत संगितलाई माया गर्दै नेपाली पुर्वेली गीत संगीतलाई उच्च स्थानमा पु¥याउन लागि परेका छन ।

आफनै गाँउ-घरको मौलीकता झल्कने गीतहरु बेला बखत बजारमा पस्कदै आउनु भएको छ ।

रचनकार मंगल राईले गीत संगीतको दुनियाँमा एउटा ठुलो इट्टा थप्ने काम गर्दै आईरहेका छन  ।

यस गीत र म्युजिक भिडियाले विशेष गरी उदयपुर जिल्ला र गाँईघाट बजारमा भएका कुराहरुलाई समेटिएको छ ।

आफनै मौलिक पहिचानलाई यस म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

शब्द मंगल राईको रहेको छ भने यस शब्दलाई संगीतबद्ध गरेका हुन् गायक तथा संगीतकार निकेश राईले यस गीतमा स्वर भरेका छन गायक गायिका विनोद दनुवार, सुनिता थेगिम विजय राई, मनमा बि राईको रहेको छ ।

यस भिडियोमा मुख्य पात्र नायक नायिकाको रुपमा चर्चीत हाँस्यकलाकार मोडल उमेश राई (फुलन्देकी आमा) अनुसा राई, दुर्गा बान्तावा, सिता राईले अभिनय गरेका छन् ।

यस भिडियोलाई छाँयाङकन गरेका हुन दुर्गा बान्तावा मनोज राईले भने ‘गाईघाट बजार २’ Sumnima Paruhang Music Pvt.Ltd  युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।  गीतकार राईले ‘मायाको ओखत’, साकेला गीत ‘शीरको फेटा’, ‘चाहिदैन धन सम्पति’, ‘तुवाचुङ डाडा’, ‘जन्मदिने आमा’, ‘गाईधाट बजार’ लगायका चर्चित गीत लेखेका सर्जक राईले आज “गाईधाट बजार-२” मकाउमा गठीत विभिन्न संध संस्थाका प्रतिनिधि विच एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका हुन्।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्