आज नेपाल र भारत दोस्रो मैत्रीपूर्ण खेल
मुन्धुमस्टार
नेपाल र भारतबीच आज साँझ दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरू हुनेछ।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।
नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
घरेलु दर्शकसामु पहिलो खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । (नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। फोटो: एन्फा)



