Logo

बाख्रापालनबाटै बार्षिक २० लाख कमाउछन गीतकार तथा युवा व्यासायी सन्जिव (शिशिर) राई


मुन्धुमस्टार ,१९ भदौ – काठमाण्डौं । साहित्य सर्जक तथा युवा व्यासायी सन्जिव राई ‘शिशिर’ले बाख्रापालन व्यावासयबाट नेपालमा नै बार्षिक बीस लाख कमाउने गर्छन् ।

उहाले जम्मा चारवटा माउ बाख्राबाट व्यावसाय सुरु गरेका हुन् । यो व्यावसायमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि अहिले उहाले आधिकारिक रुपमा फर्म दर्ता गरि पूर्ण रुपमा व्यावसाय गर्दै आएका छन् ।

२०७१ सालमा दीप ज्योति बाख्रापालन प्रा.लि. नामको फर्म आधिकारिक रुपमा दर्ता गरि उहाले हाल ४०० वटा बाख्रा पालन गर्दै आएका छन् ।

लाखौ युवा बेरोजगार भएर बिदेशिएका बेला राईले भने आफ्नै व्यावसाय सुरु गरि मनग्य आम्दानी गर्न थालेका छन् ।

सुरुमा ३० र ४० हजार लागतबाट थोरै संख्यामा यो व्यावसाय सुरु गरेका राई अहिले ४०० को संख्यामा बाख्रा पाल्न सफल भएका छन् ।

खोटाङ जिल्लामा जन्मेर उदयपुर जिल्लालाई आफ्नो कर्मथलो बनाएका राईले अहिले उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ५ मा ४३ रोपनी क्षेत्रफलमा व्यावसायीक फर्म सञ्चालन गर्दै आएको छ ।

केही मिहेनत गर्न सक्यो भने बिदेशिनु नपर्ने र नेपालमा नै केही गर्न सकिन्छ भन्ने यी युवा बताउनु हुन्छ ।

तर नेपाल सरकारले कृषिको नाममा अत्याधिक रुपमा बजेट छुट्याएपनि वास्तविक किसानले सो बजेट नपाएकोमा भने उनी गुनासो गर्छन् ।

पहुचवाला र राजनीतिक चाकरी गर्नेले नै सो बजेट पनि कुम्ल्याएको युवा व्यावसायी राईको भनाई छ ।

किसानको नाममा गैरकिसानले बजेट खाई रहेकोमा सरकारले ध्यान दिनुपर्ने राईको भनाई छ ।

युवा व्यावसायी राई एक सफल साहित्य सर्जक पनि हुन् । उहाले थुप्रै गीत गजल लगायतका साहित्य सृजना समेत गरेका छन् ।

लामो समयदेखि साहित्य सृजनामा लागेका राईले अहिले पनि निरञ्तर रुपमा साहित्य सृजना तथा गीत गजलमा कलम चलाउदै आएका छन् ।

अहिले पनि उनी भर्खरै मात्र नयाँ गीत रेकर्डिङको क्रममा काठमाण्डौं उपत्यका छिरेका हुन् ।

राईको आफ्नै शब्द रचना र टम्पशेर राईको संगीतमा लोकप्रीय गायीका सुनीता थेगिम र गीतकार राई आफैको स्वरमा अहिले नयाँ गीत धरान बगरको रेर्कड सम्पन्न भएको छ । यो गीत चाडै नै बजारमा आउने पनि गीतकार राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्