सिटीसँग डियाजले ६ वर्षसम्मको सम्झौता नवीकरण गरे
पोर्चुगलका रक्षक रुबेन डियाजले इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता नवीकरण गरेका छन् ।
नयाँ सम्झौताअनुसार डियाज अब आगामी सन् २०२७ सम्म सिटीमा बस्नेछन् ।
२४ वर्षीय डियाज बेनफिकाबाट २०२० मा ६ करोड ५० लाख पाउन्डमा सिटीमा अनुबन्ध भएका हुन् ।
उनले सिटीसँग ६ वर्षका लागि नयाँ सम्झौता गरेका हुन् ।
उनले सिटीबाट प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेका छन् ।
गत वर्ष उनले सिटीबाट च्याम्पियन्स लिगको फाइनल पनि खेलेका थिए ।‘
‘सिटी खेल्दा मेरो सबै अपेक्षाहरू पूरा भएका छन् ।
यो उत्कृष्ट टोलीको सदस्य हुन पाउँदा म खुसी छु,’’ सम्झैता नवीकरणपछि डियाजले भने । डियाजले सिटीबाट ५० खेल
खेलिसकेका छन् । उनी गत सिजन च्याम्पियन्स लिगको उत्कृष्ट रक्षक पनि घोषित भएका थिए ।
‘‘गत सिजन हामीले जुन सफलता हासिल गर्यौँ, त्यो अविश्सनीय थियो ।
त्यस्तो सफलता हासिल गर्नका लागि सबैको चाहना हुन्छ,’’ डियाजले भने, ‘‘अबका दिनमा त्यो भन्दा ठुलो सफलता हासिल गर्नका लागि म सक्दो प्रयास गर्नेछु ।’’



