Logo

महाँकुलुङ गाउँपालिकामा जनप्रतिनिधिहरुले जनचाहाना वि’परीत काम गर्‍यो – नेता सुर्य कुलुङ


काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस निकट आदिबासी जनजाती माहासंघको केन्द्रिय सदस्य सूर्य कुलुङले सोलुखुम्बु जिल्लाको महाँकुलुङ गाउँपालिकामा जनप्रतिनिधिहरुले जनचाहाना विपरीत काम गरेको आ’रोप लगाएका छन् ।

जनतालाई नसोधी हतार हतारमा आफूहरुको मनोमानी ढंगले असुविधा पर्ने ठाउँमा गाउँपालिकाको केन्द्र निर्धारण गरेर ठूलो गल्ति गरेको नेता कुलुङको आ’रोप रहेको छ ।

आफ्ना स्वार्थका लागि जनचाहानालाई लत्त्याउदै असुविधा पर्ने ठाउँमा जबरजस्ती केन्द्र निर्धारण भएपछि स्थानीय जनता आ’न्दोलित हुन बाध्य भएको नेता कुलुङले बताए ।

साउन २ गते यता महाकुलुङमा अहिलेसम्म नै निरन्तर रुपमा आम जनताले जनप्रतिनिधि बि’रुद्ध आ’न्दोलन गर्दै आइरहेका छन् ।

अहिलेको स्थानीय सरकार अर्थात जनप्रतिनिधिहरुले बिकासको नाममा बि’नाश र व्यापक रुपमा बैधानिक ढंगबाटै भ्र’ष्टचार गरेको नेता कुलुङले बताए ।

सामान्य काम उपभोक्ता समिति मार्फत गर्न सकिने भएपनि कमिशन खाने नाममा ८० लाख बनाउदै ठेक्का हालेको नेता कुलुङको भनाई रहेको छ ।

दुई लाख पचास हजारमा काम सकेर ८० लाख पचाएको पनि नेता कुलुङले आ’रोप लगाए ।

त्यसको प्रमाण जनता आफैले नै मूल्याङ्कन गर्न सकिने उहाको भनाई रहेको छ ।

छेस्कामको अल्लो चउरबाट पल्लो चउरसम्म डोजर जोत्न ८० लाख लग्छ ? भन्दै कुलुङले जनप्रतिनिधि र ठेक्दारलाई संकेत गर्दै प्रश्न समेत गर्नुभएको छ ।

महाकुलुङमा नयाँ योजनाका लागि हालका जनप्रतिनिधिहरुले कुनै बजेट खोजेर ल्याउन सकेको छैन ।

अहिले आइरहेको बजेट त आँखै नदेख्नेले पनि बुझ्न सकिने र पाउनु पर्ने त कुनै पालिका अध्यक्ष नै नभए पनि आफै बजेट आउछ, नेता कुलुङले भन्नु भयो ।

यदि अहिलेको जनप्रतिनिधिहरुको ठाउँमा आफू भएको भए बजेट खोजेर पनि शिक्षा, स्वास्थ्य, सडक, एयरपोर्ट र कृषि जस्ता महत्पूर्ण योजना ल्याएर चमत्कारी परिवर्तन ल्याउने समेत नेता कुलुङले ठोकुवा गर्नू भएको छ ।

२०/३० लाख बजेट त ४ पिल ढुंगा किन्नमा नै सकाउछन् । यसरी आफनै आमा बाबु र जनताको रगत चु’सेपछि कहाँबाट महाकुलुङमा विकास हुन्छ ? कुलुङले भन्नु भयो ।

अहिले महाकुलुङमा मनपरी गाडीभाडा चलेको छ । महाकुलुङमा कहीँ पन्ध्र सय कतै दुई हजार र अझ काठमाण्डौंबाट महाकुलुङ सम्म पुग्दा पाँच हजारसम्म असुल्ने गर्छन् ।

यसको विकल्पमा ठाँउठाँउमा काउन्टरको व्यावस्था गरेर नीतिनियम बनाउनुको बदला जनप्रतिनिधिहरु कानमा तेल हालेर बसिरहेको कुलुङको भनाई छ ।

गाउँपालिका अध्यक्ष सागर किराँतीले भने अहिलेको आन्दोलनको कुनै औचित्य नै नभएको बताएका छन् ।

गाँउसभा र कार्यपालिकाको बैठकले लोकतान्त्रिक र बैधानिक ढंगबाट निर्णय गरि हालको केन्द्र निर्धारण भएको अध्यक्ष किराँतीको भनाई रहेको छ ।

अहिलेको केन्द्र निर्धारण गर्दा जनतालाई कुनै असहज नभएको किराँतीकोे दावी छ ।

३५ रोपनी जग्गा उपलब्ध भएसँगै सर्सिलामा केन्द्र निर्धारण गर्दा अरु पालिकासँग नजिक हुने भएकोले चाँडै नगरपालिकामा परिणत गर्न सकिने र जनतालाई फाईदा नै हुने हिसाबले सबैको सहमतिमा हालको केन्द्र निर्धारण भएको अध्यक्ष किराँतीले बताए ।

स्थानीयहरुले जालझेल र पैसाको लोभमा जनप्रतिनिधिहरु फसेको आरोप लगाएका बेला त्यसको कुनै प्रमाण नभएको किराँतीले बताए ।

यदि प्रमाण भएमा प्रत्यक्ष फेस गर्न पनि किराँतीले चु’नौती दिए । वास्तविक प्रमाण भेटिएमा जुनसुकै बेला त्यसको सामना गर्न पनि आफूहरु तयार रहेको किराँतीले बताए ।

अर्को आ’न्दोलनकर्ता सिंघ बहादुर कुलुङले आ’न्दोलन चर्चिदै गर्दा वार्ताको माध्यमबाट निकास निकाल्नुको बदलामा गाउँपालिका अध्यक्ष सागर किराँती फ’रार रहेको बताए ।

६० प्रतिशत जनबस्तिलाई नाघेर सबै जनतालाई असुविधा पर्ने ठाउँमा केन्द्र निर्धारण गरी जनप्रतिनिधिहरुले ठूलो गल्ति गरेको उहाँको भनाई रहेको छ ।

हाल महाकुलुङमा चर्किरहेको आ’न्दोलनको नेतृत्व भने स्थानीय अगुवा दुतिमान राईले गर्दै आउनु भएको छ ।

आ’न्दोलन अगुवाई कर्ताहरुले केन्द्र निर्धारणको वि’रुद्धमा हालेको रिठमा सर्वोच्च अदालतले १५ दिन भित्र कारण सहित उपस्थित हुन आग्रह गरेको छ ।

महाकुलुङ गाउँपालिकाको कार्यलयलाई अहिले सशस्त्र प्रहरीले पहरा दिई रहेको छ । गाउँपालीका अध्यक्ष सागर किराँती पालिका बाहिर भएपछि स्थानीय जनता भने सेवाबाट ब’न्चित भएका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्