प्रियजन राईको ‘लाए माया मर्दैन’ गीत सार्वजनिक
काठमाण्डौ – चर्चित गायक तथा संगीतकार प्रियजन राईको ‘लाए माया मर्दैन’ गीत सार्वजनिक भएको छ ।
‘लाए माया मर्दैन’ गीतको अफिसिय म्युजिक भिडियो पुर्बेली जुनताराको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा चर्चित गायक प्रियजन राई र सुदिता राईले स्वर दिईएकी छिन ।
सुदिता राई चर्चित रियालिटी शो ‘द भोइस ओफ नेपाल’को सिजन थ्रीबाट आएकी हुन ।
प्रस्तुत गीतमा गीतकार दीपाक बस्नेतको शब्द, प्रियजना राईको संगीत र संगीत संयोजन मनोज सानसङ राईको रहेको छ ।
यस गीतमा हाट-बजार, मेलापात र गाउँघरको माया प्रेमलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । नेपालको जिबन दु:ख सुख बिसाउने, प्रकृती र जिन्दगी काट्ने प्रेम, हासखेल ठटटा र जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।
यस गीत लाई सुरेश राईले रेकर्ड गरिएको छ भने राजु कार्कीको मिक्सिङ रहेको छ ।
‘लाए माया मर्दैन’ गीतलाई भिडियो छायाङकन तथा सम्पादन ओजस फिल्म्स स्टुडियोले गरेका हुन ।
बिगत २ बर्ष अगाडीको तयारी गरिएको भए पनि कोरोणाको प्रकृतिक प्रकोपले गर्दा यस गीतलाई बल्ल सकिएको कुरा निर्माण पक्षले जानकारी यस मिडियलाई दीए ।



