वरिष्ठ कवि तथा गीतकार भूपाल राईको पहिलो संघिय गीत “देशै रमाईलो” सार्वजनिक
वरिष्ठ कवि तथा गीतकार भूपाल राईको शब्द रचना तथा संगीत श्रोतामाझ धेरै उत्कृष्ट गीतहरु ल्याईसकेका चर्चित गायक रुपकुमार राईको स्वरमा रहेको “देशै रमाईलो” गीत आज सार्वजनिक भएको छ।
यो गीत गीतकार भूपाल राईको आफ्नै अफिसियल युट्युबच्यानल “भुपाल राई अफिसियल युट्युब च्यानल”मार्फत आज सार्बजानिक भएको हो।
द भर्जिन भ्वाईस रेकर्डिङ स्टुडियोमा १८/१९ बर्ष अगाडि यो गीत रेकर्ड हुँदा यो देशमा जनयु’द्ध उत्कर्षमा पुदै थियो।
यो समय समाजको बिभिन्न वि’भेद तथा उ’त्पिडनको अन्त्य र राज्य पुर्नसंरचना गरी अब देश संघात्मक व्यवस्थामा जानुपर्दछ भन्ने मु’द्दा जबर्जस्त स्थापित हुँदै गरेको समय थियो।
पबिधन खालिङको संगीत संयोजन रहेको यो गीत नै सम्भवत: संघिय संरचनाको सुन्दर, व्यावहारिक अनि नेपालको सापेक्षताको पहिलो संघिय संरचनाको बैचारिक पाटा र पक्षहरु समेत समेटिएर रेकर्डिङ भएको पहिलो संघिय राष्ट्रिय गीत हो।
नेपालमा संघिय राज्य स्थापना भएर कार्यनयन तहमा आएपनी नेपालको सापेक्षतामा संघिय सम्रचनाहरु अझै पनि व्यावहारिक र बैज्ञानिक तौर-तरिकाबाट भएका छैनन भने समाजको आधा भन्दा बढी हिस्सा अझै असन्तुष्ट छन।
गीतकार भन्नुहुन्छ, “साहित्य, गीत, संगीत सस्तो मनोरन्जनको माध्यम मात्र होईन, बिचार र चेतना सम्प्रेषण गर्ने माध्यम पनि हो ।”
त्यसैले नेपाली गीत संगीत उद्योगले आज एउटा पुरानो तर नयाँ बिचार प्रधान रहेको गीत पाएको छ।
ओजस फिल्मस स्टुडियोले निर्माण गरेको म्युजिक भिडियोलाई नरोत्तम पाण्डेले सम्पादन गरेको हो । त्यस्तैगरि यो गीतलाई मुक्तिकामी, बैचारिक चेतनाको स्तर उठेका अग्रगमनका पक्षपाती आम सचेत मानिसहरुले मन पराईदिने कुरामा बिश्वस्त रहेको कुरा गीत निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।



