Logo

औपचारिकतामा मै सीमित कीर्तिपुरको गाइजात्रा


कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरेको छ ।

कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ ।

उनका अनुसार मृ’तकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलःलगायत सबैमा अनुरोध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार जात्रा मनाइएको छ ।

नगर प्रमुख रमेश महर्जनले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हुँदा यस वर्षको जात्रा औपचारिकतामा सीमित गरी परम्परा धान्ने काम गरिएको  बताए।

कीर्तिपुरमा यस जात्रालाई विशेगारी आज मात्र मनाउने गरिएको छ ।

नगर उपप्रमुख एवं प्रवक्ता सरस्वती खड्काका अनुसार कोरोनाका कारण अहिले नागरिक आफै सचेत भई स्वास्थ्य मापदण्ड अपनाएर नागरिक जात्रामा सहभागी भएका छन् ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतक व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान वि’कृति र वि’सङ्गति उजागर गरिन्छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्