यि हुन नेपालका १० उत्कृष्ट बैंकहरु
वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा २० प्रतिशत नाफा बढाए।कोरोनाको असरका बाबजुत बैंकहरुकोनाफालाई लिएर अन्य कतिपयले आलोचना समेत गर्ने गरेका छन्। एक वर्षमा बैंकहरुले कुल ६३ अर्ब ३७ करोड नाफा कमाए। नाफामा नबिल बैंक अग्रस्थानमा छ।
बैंकले आर्जन गरेको सबै नाफा सेयरधनीलाई वितरण गर्न मिल्दैन। सेयरधनीका लागि वितरणयोग्य नाफा महत्वपूर्ण हुन्छ। कम्पनीको नाफाबाट जगेडा कोष, कर्मचारीको वृत्तिविकास, सामाजिक उत्तरदायित्वमा पनि छुट्याइन्छ। तसर्थ नाफा र वितरणयोग्य नाफा फरक पक्ष हुन्।
वितरणयोग्य नाफाका आधारमा भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा छ। २७ बैंकको कुल वितरणयोग्य नाफा ४७ अर्ब ३४ करोड रहेकोमा राष्ट्रिय वाणिज्यको मात्रै ४ अर्ब ५२ करोड छ।
यी हुन् वितरणयोग्य नाफा धेरै भएका उत्कृष्ट १० बैंक

एक वर्षको अवधिमा बैंकहरुको बिजनेस अर्थात कर्जा प्रवाह नै २८ प्रतिशतले बढेको छ। असार मसान्तसम्म यी बैंकको कर्जा प्रवाह ३६ खर्ब ९३ अर्ब पुगेको छ। कर्जा प्रवाहमा भने एनआइसी एसिया बैंक अग्रस्थानमा छ।
सो बैंकले असार मसान्तसम्म २ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाह धेरै हुनु भनेको बैंकको बिजनेस ठूलो हुनु हो।
यी हुन् कर्जाबिजनेसका अधारमा उत्कृष्ट १० बैंक

कर्जा विस्तारको मुख्य स्रोत निक्षेप हो। २७ बैंकले असार मसान्तसम्म ४२ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। निक्षेपका आधारमा पनि एनआइसी एसिया बैंक नै अग्रस्थानमा छ।
ग्राहकबाट सबैभन्दा धेरै निक्षेप संकलन गरेका १० बैंक

निष्क्रिय कर्जा पनि बैंकहरुको एउटा महत्वपूर्ण सूचक हो। बैंकले प्रवाह गरेको कतिपय कर्जा नउठ्न पनि सक्छ।
कुल कर्जामा नउठेको हिस्सालाई निष्क्रिय कर्जाले जनाउँछ। निष्क्रिय कर्जा बढी हुनुले खरावउन्मुख कर्जा धेरै भएको जनाउँछ। यस्तो कर्जा ५ प्रतिशतभन्दा धेरै भएमा राष्ट्र बैंकले कारबाही नै गर्छ।
निष्क्रिय कर्जाले बैंकको सुशासनलाई पनि संकेत गर्छ। विगतमा कतिपय बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सिइओकै मिलेमतोमा कमसल धितो राखेर बैंकले ऋण दिँदा नउठेको उदाहरण पनि छ।
यो सूचकमा एभरेष्ट बैंक सबैभन्दा राम्रो देखिन्छ। उसको निष्क्रिय कर्जा जम्मा ०.१२ प्रतिशत मात्रै छ।
सबैभन्दा कम निष्क्रिय कर्जा भएका १० बैंक

ऋण लिनेका लागि महत्वपूर्ण सूचक आधार दर हो। सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यहीं बैंकको ब्याज ऋणीलाई सस्तो पर्ने मान्यता छ। यो सूचकमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा राम्रो छ।
उसको आधार दर जम्मा ५.४ प्रतिशत छ, यसको अर्थ ऋण लिनका लागि राष्ट्रिय वाणिज्य बैंकको ब्याज सामान्यतः सस्तो पर्छ।
यी हुन् आधार दर कम भएका १० बैंक

सेयरधनीका लागि जरुरत पर्ने सूचक हो ‘रिटर्न अन इक्वीटी’। लगानीकर्ताले सेयरमा गरेको लगानीमा बैंकले दिन सक्ने प्रतिफलको दरलाई रिटर्न अन इक्वीटीले जनाउँछ। यो एनआइसी एसिया बैंकको सबैभन्दा बढी २३.४ प्रतिशत छ।
रिटर्न अन इक्वीटी (आरओई) सबैभन्दा बढी भएका १० बैंक

सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक हो– प्रतिसेयर आम्दानी। एक कित्ता सेयर बराबर कम्पनीले आर्जन गरेको नाफालाई प्रतिसेयर आम्दानीले जनाउँछ।
यो सूचकमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ। उसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३२ पैसा छ। यद्यपि यसको लाभांश सबै सरकारलाई मात्रै जान्छ।
प्रतिसेयर आम्दानी (इपिएस) बढी भएका १० बैंक




