सन्जिब कोयीको ‘सल्लाघारीमा’ गीत सार्वजनिक
काठमाण्डौ – सन्जिब कोयीको ‘सल्लाघारीमा’ गीत सार्वजनिक भएको छ ।
‘सल्लाघारीमा’ गीतको अफिसिय म्युजिक भिडियो सन्जिब कोयीको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा चर्चित गायक निशान भट्टराई र मेलिना राईले स्वर दिईएकी छिन ।
प्रस्तुत गीतमा गीतकार सन्जिव कोयीको शब्द, दिलिप कोयीको संगीत र संगीत संयोजन राजु कार्कीको रहेको छ ।
यस गीतमा हाट-बजार, मेलापात र गाउँघरको माया प्रेमलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । नेपालको जिबन दु:ख सुख बिसाउने, प्रकृती र जिन्दगी काट्ने प्रेम, हासखेल ठटटा र जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।
म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी आशिष राईले गरेका हुन्। यस म्युजिक भिडियोमा अन्जली अधिकारी र बिजय पुनको जोडदार अभिनाय रहेको छ ।
‘सल्लाघारीमा’ गीतलाई भिडियो छायाङकन दुर्गा बान्तवा राई र मनोज राईले गरेका हुन । त्यस्तैगरी ड्रोअन सट किरण रक्साले गरेका हुन ।
त्यस्तैगरी भिडियो सम्पादन अमृत चापागाईले गरेको हुन भने मेकअफ सन्जु थलङले गरेकी हुन ।
‘सल्लाघारीमा’ गीतलाई रेकर्डिङ एकाराज शेम राईले गरेको हुन । त्यस्तैगरी मिक्सीङ पनि एकाराज शेम राईले नै गरेको हुन भने वान पिस स्टुडियोमा रेकर्ड गरिएको थियो ।



