कक्षा ११ र १२ का विद्यार्थीले आजदेखि कोरोना खोप लगाउन पाउने, कहाँ-कहाँ छ खोप केन्द्र?
सरकारले आजदेखि तीन दिनसम्म कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाउने भएको छ।
स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ।
१८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ।
यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ।
काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ।
यस्तै सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती गृह थापाथली, शिक्षण अस्पताल महाराजगञ्जबाट पनि कोरोनाविरूद्ध खोप लगाउन सकिन्छ।
सूचना:




