कोरोना महामारीबीच मोडल सम्झना राईले आफ्नो जन्मोत्सव मनाएकी छन् । सोमबार काठमाडौंको डिल्लीबजारस्थित द एड्रेस लञ्जमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरी सम्झनाले जन्मदिन मनाएकी हुन् ।

‘मिस मंगोल नेपाल–२०१५’की फस्ट रनरअप समेत रहेकी सम्झना मोडलका साथै गायिका पनि हुन् । जन्मदिनको केट काट्न अघि सम्झनाले अतिथिहरुलाई स्वागत गर्दै भनिन्, ‘यो जन्मदिनको उत्सवको नाममा साथीभाई भेट्ने कार्यक्रम हो ।’

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, चर्चित गीतकार तथा मोडल दर्पण राई, व्यवसायी छेवाङ लामा, गायक भीषण मुकारुङ, फेसन डिजाइन आभानी सिंह, विक्रम राईलगायत विभिन्न मनोरञ्जन तथा कला क्षेत्रका व्यक्तित्व एवं सञ्चारकर्मीको उपस्थिति थियो । – अखबार टुडेबाट

हेर्नुस् तस्बिरमा सभ्झनाको जन्मदिन