युरिक एसिडको समस्या अहिले धेरै व्यक्तिकालागि टाउको दुखाईको बिषय बनेको छ ।

युरिक एसिडले गाँजेपछि टमाटर, कोल्डड्रिक्स, खसीको मासु लगायतका मन पर्ने खानपान त्याग्ने र कटौती गर्नुपर्दा कतिको दिनचर्या नै प्रभावित बनेको छ ।

किन हुन्छ युरिक एसिड ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ ।

न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ ।

यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।

जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ ।

मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ ।

साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

कस्ता मानिसलाई हुन्छ युरिक एसिड ?

– धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्ने

– अस्वस्थ्यकर खाना खाने

– शारीरिक श्रम नगर्ने

– वंशानुगत – मदिरा सेवन गर्ने

– रगत पातलो बनाउने औषधी सेवन गर्ने

– उच्च रक्तचापको औषधी सेवन गरिरहेका

कसरी गर्ने नियन्त्रण ?

– युरिक एसिडबाट बच्न पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने ।

– जति बढि तरल खायो युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।

– खानपानमा सतर्कता अपनाउने, धेरै प्रोटिनयुक्त खानेकुरा सेवन नगर्ने ।

– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुरा नखाने ।

– हरेक दिन खानामा भिटामिन सि खाने ।

– नियमित व्यायाम गर्नुपर्छ ।

– स्वथ्य खानपान र जीवनशैली अपनाउने । एजेन्सी