गोर्खा भर्ती बन्द यसकारण गर्नुपर्दछ : सांसद सुरेशकुमार राई
पहिलो विश्व यु’द्धमा मर्न मा’र्नको लागि १९१५ मा अनौपचारिक संझौताबाट नेपाली युवाहरु भारतमा उपनिवेश कायम गरेर बसेको वेलायतको ईष्ट ईन्डीया कम्पनीले भा’डाको सिपाहिको रुपमा गोर्खा भर्ति सुरु गरेका थियो ।
१९४७ को नेपाल, भारत र बेलाएतवीच भएको त्रिपक्षीय सम्झौताबाट भारती र वेलायती राज्यसत्ताले आफ्नो देशको छुट्टै राष्ट्रिय सुरक्षा फोज पलटन बनाएर परिचालन गर्दै आएको बिध्यमान अवस्था हो ।
१९१४-१६ को मलाओ (नेपालको भुभाग हाल भारतको भुमि रहन्दै आएको छ) यु’द्धमा सेनापति बलभद्र कुवर र अम्वरसिंह थापाको पल्टनले हार खाए पछि काजी भिमसेन थापाको पालादेखि नेपाली युवाहरु गोर्खा भर्तिको नाममा भारत र वेलायतमा भाडाको सिपाहीको रुपमा बेचिएका थिए ।
तत्कालिन नेपालका सासकहरुले नेपाली युवाहरु बे’चे वापत हरेक बर्ष रोयलटी प्राप्त गर्दथे तर के कति पाउथे हालसम्म स्पष्ट छैन। लक्का नेपाली युवारु छानी छानी लाने बेलायत र भारतले अहिले के गरिरहेको छ नेपाललाई ? स्पष्ट जानकारी हुनै पर्छ ।
जव की वेलायतले सिंगपुर ब्रोनाईमा गोर्खा सेना पठाए वापत बार्षिक अरव वरावर डलर असुलछन । भारतीय प्रधानमंन्त्र नरेन्द्र मोदी सिंगपुर ब्रोनाई भ्रमणमा जादा त्यहाका शासकलाई वेलायत सरकारले लिने रोयल्टी भन्दा सस्तोमा मेरो देशबाट गोर्खाली सेना पठाउछु सुरक्षाकोलागि भनेका थिए ।
१३२ बर्ष अनौपचारिक र ७५ बर्ष ओैपचारिक संझौताबाट जम्म २०७ बर्ष सम्म अन्यायपुर्ण, पक्षपातपुर्ण, अपमानजनक र असमान ढंगले ‘गोर्खाली सेना’को रुपमा कार्यरत नेपाली नगारिकहरुमाथि गरिएका ब्यावहार अन्त्य गरिनु पर्छ भन्ने मुख्य बिषय हो । सबै भन्दा ठुलो र मुख्य कुरा भनेको राष्ट्रिय स्वाभिमान तथा आत्मा सम्मान हो ।
न्याय-समान्ता-निष्पक्षता गोर्खाहरुको मुल मु’द्धा हो, जुन कुरा एकदम सही छ । जाहा सम्म गरिव मुलुक नेपालका युवा तथा भु:पु गोर्खाहरुको रोजगार, सेवा सुविदा आदि कुराको सवाल हो ती साहायक कुरा हुन ।
जस्ले आफ्नो राष्ट्रियता र आत्मा सम्मान गुमाएर लुटाएर सुखसुविदा र केवल सहज जिवन यापनको कुरा मात्र गर्छन ती नेपाली नागरिक हुनै सक्दैन । जस्ले आफ्नो राष्टलाई सिरमा राखेर आत्मा सम्मानकासाथ रगत, आशु र पसिना बगाएको शही मुल्यको लागि संघर्ष गर्छ ती मात्र असली नेपाली नागरिक हुन ।
२५०/६० बर्ष पहिला एशियाको शक्तिशाली राष्ट्र थियो । ८० बर्ष पहिलासम्म करिव ९५ बर्ष चिन तिब्बतले बार्षिक हर्जना नियमित नेपाललाई दिदै आएको थियो ।
अहिले सबै छिमेकी मुलुकसंग भि’ख मागि रहेको छ । सायद २०७ बर्ष अघि नेपाली युवाहरु गोर्खा भर्तिको नाममा नेपाली सासकहरुले आफ्नो पारिवारिक जाहानीय सत्ता टिकाउन भा’डाको सिपाहीमा नबेचिएको भए संसारको सुन्दर मध्य हाम्रो देश नेपालबाट बिदेशिन्नु पर्ने बाध्यता र लालाहित हुनु पर्ने, देख्नु पर्ने र भोग्नु पर्ने थिएन । परन्तु तपाईको बिचार र भावनाको उच्च सम्मान गर्दै मेरो बिषयको सार बुझिदिन अनुरोध छ ।
(सङ्घीय सांसद सुरेशकुमार राई ‘हिमाल’ले प्रतिनिधिसभा सभामा बोलेको कुराबाट )



