२९ साउन, काठमाडौं ।  सङ्घीय सांसद सुरेशकुमार राई ‘हिमाल’ले प्रतिनिधिसभा सभामा बोल्दै समसामयिक बिषयबस्तुमा क’डा रुपमा प्रस्तुत भएका छन ।

उदयपुर जिल्ला त्रीयुगानगरपालिका-६, मोहनपुरका प्रेमकुमार चौधरीको १६ बर्षाका छोरी कृशला चौधरीका गत साउन १३ गते ब’ल’त्कारपछी ह’ त्या भएको छ, उक्त घट्नाको दो’षीहरु भेटिएको छैनन ।

दो’षीहरुलाई छिटो भन्दा छिटो का’नुनको दायरामा ल्याउन सभामुखमार्फत सरकारलाई नि’र्देशन गर्न सङ्घीय सांसद राईले अनुरोध गरेका छन ।

सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । ‘हामीले यो गोर्खा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान सन्धिहरु समयसापेक्ष संशोधन हुँदैन भनेर गोर्खा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस्’ उनले भने ।

लगभग २०७ वर्षअघि गोर्खा भर्तीसंग सम्बन्धित भएको अ’समान सन्धि समयसापेक्ष संशोधन नहुँदा गोरखा भर्ती केन्द्र कायम राख्न आवश्यक नरहेको उनको भनाइ छ ।

सङ्घीय सांसद राईले गोर्खा भर्ती बन्द गर्न नेपाल सरकारले तत्काल पहल गर्नुपर्दछ भन्ने कुरालाई क’डा रुपमा उठाएकाछन ।

‘योग, ज्ञान र कलाको संगम राजनीति भन्ने गर्छन तर पूर्व प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले केहिदिन अघी आफूलाई एउटा पूर्ण नाटकको रुपमा पनि प्रस्तुत गर्नुभयो भन्ने मलाई लाग्दछ’ राईले भने । राईले भनेका छन, ‘ पूर्व प्रधानमन्त्रीले एकचोटी मात्र होइन पटक-पटक संसदलाई अध्यारो कालो कोठामा पारे ।’