विस्तारित बैठकमा विमला वलीले भनिन्– म निकै मानसिक तनावमा छु

मुन्धुमस्टार डटकम- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा आएपछि प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) पहिलोपटक दाङ क्षेत्र नं। ३ को पार्टीको विस्तारित बैठकमा सहभागी भएकी छिन । शुक्रबार तुलसीपुरमा भएको भेलामा उनले आफू यता आउँदा धेरै खुसी भएको र साथसाथै निकै मानसिक तनावमा रहेको बताएकी छिन ।
उनले हाल बाहिर धेरै भ्रम छर्ने कुराहरू भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न पनि आमनेता तथा कार्यकर्तालाई अनुरोध गरेकी छिन । ‘अहिले बाहिर धेरै भ्रमपूर्ण कुराहरू आइरहेका छन्,’ उनले भनिन्, ‘यसमा तपाईंहरू भ्रममा पर्नुहुन्न भन्ने विश्वास छ । अब जनताको अगाडि कसरी जाने भन्ने कुरामा तपाईंहरूको साथ र सहयोग चाहिन्छ । अहिले म निकै मानसिक तनावमा पनि छु ।’
गएको साउन १५ गतेदेखि पार्टीको सम्पर्कभन्दा बाहिर रहेकी वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखिएको बताएकी थीन । यसअघि विमला यसरी पार्टीको कार्यक्रममा सहभागी भएकी थीनन ।