चेल्सी र टोटेनहमको बराबरी खेल
मुन्धुमस्टार
इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम र चेल्सीले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् ।
बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् ।
खेलमा चेल्सीले सुरुवाती दुई गोलको अग्रता बनाएको हो ।
अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो ।
खेलको १६औँ मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
४९औँ मिनेटमा जिएचले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए ।
टोटेनहमका लागि ५६औँ मिनेटमा लुकास मौराले गोल गर्दै टिमलाई २–१ को स्थितिमा ल्याए ।
७०औँ मिनेटमा स्टेभेन वर्गविनले गोल गर्दै हारबाट जोगाए ।



