चितवनका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको संख्या बढ्दै गएको छ ।

सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्नेजस्ता स’मस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा स’मस्या देखिँदै आएको छ ।

विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जो’खिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताए ।

उनका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुनेजस्ता स’मस्या देखिने गर्छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रो’गका विषाणुहरु सामान्य रुघाखोकीजस्तै फैलने उनले जानकारी दिए ।

बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा वि’षाणुयुक्त साना–साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्छ ।

यो रो’ग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ ।

यस्तो स’मस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहानुसार औषधि सेवन गर्न उनले आग्रह गरे ।

सिजनल फ्लुबाट बच्न खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन–पानीले हात मिचिमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने, पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले जनाएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार सिजनल फ्लुसँगै फेरि कोरोनाको ख’तरा बढ्न थालेको छ ।

अस्पतालमा आएका बि’रामी र बि’रामीका आफन्तहरुलाई ज्वरो आएर आउनेको संख्या बढ्दै गएको उनले बताए ।

उनले भने, “ज्वरोका कारण परिवार नै सोतर छ, खोकी लागेको छ भन्नेको फोन र म्यासेज आउन थालेको छ ।”

अस्पताल आउने बि’रामीहरु शय्या खाली नभएर भौँतारिएको उनले जानकारी दिए ।

अहिले अस्पतालको बहिरंग सेवामा बिरामीको चाप बढ्दै गएको उनको भनाइ छ । रासस