काठमाण्डौ – ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा सुरक्षा सेन्चुरी र अजय कार्कीको स्वर रहेको छ । सेन्चुरी रियालिटी सो ‘भ्वाइस अफ नेपाल सिजन ३’ को नकआउट चरणबाट बाहिरिएकी थिइन् । त्यस्तैगरी निकै राम्रो प्रतिभाका धनि शब्द, संगीत र गायनमा अजय कार्कीले राम्रो प्रतिभा देखाई रहेको छ ।

चर्चित गीतकार तथा मोडल दर्पण राईले निर्देशन गरेको भिडियोमागायक तथा संगीतकार प्रकाश सपुत र नायिका तथा टिकटक स्टार समीक्षा बस्नेतलाई फिचरिङ गरिएको छ । लोक ब्याटल्समा आधारित गीतको भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ । यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ ।

चर्चित गीतकार तथा मोडलको रुपमा चिनिएका दर्पणले ‘जीन्दगी यस्तै नै रहेछ’ (जुन लोक ब्याटलमा आधारित छ) गीतको भिडियो निर्देशन गरेर फरक लोक संगीतमा समेत आफ्नो स्थान बनाएका छन् ।

चर्चित गीतकार एवं मोडल दर्पण राईको गीत ‘माई क्रस’ र ‘तिम्ले बाटो फेर्‍यौ अरे ३’ गीत आउन लागेको छ । करोड क्लवको सेलिब्रेटीको रुपमा समेत चर्चित गीतकार एवं मोडल दर्पण राईलाई चिन्छन । संख्यात्मकभन्दा गुणस्तरिय एवं दर्शकरश्रोताको भावना अनुकुल गीत रचना गर्नु गीतकार एवं मोडल दर्पण राईको विशेषता हो ।

त्यस्तैगरी ‘तिम्ले बाटो फेर्‍यौ अरे ३’ बहु प्रतिक्षामा रहेको छ, यो गीत पनि डिसेम्बरमा ल्याउनको लागि तयारी रहेको छ । चर्चित गीतकार एवं मोडल दर्पण राईले ‘तिम्ले बाटो फेर्‍यौ अरे’, ‘यो मुटु दुःखछ किन’, ‘तिमिलाई मनपराउनु’, ‘बेबी आईलभ(यू’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’, ‘तिम्ले बाटो फेर्‍यौ अरे २’, ‘तिमीले खाएको कसम साँचो भएको भए’, ‘माया यस्तो’ लगायत थुप्रै चर्चित र ‘ब्लकबस्टर’ गीतहरु लेखेको छन ।

एमएएस इन्टरटेन्मेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो ।