Logo

वैद्य माओवादीद्वारा कलाकार किरण केसी(राता मकै )को ४० बिघा जग्गा कब्जा


मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसीको माडीस्थित ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गरेको छ ।

शनिबार दिउँसो १ बजे झण्डा गाडेर जग्गालाई कब्जा गरेको जनाएको हो ।

अभिनेता तथा फिल्म निर्माता केसीको कम्पनी ट्वान्टी-वान प्रालिले प्लटिङ गरेको जग्गालाई कब्जामा लिइएको संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।

माडी नगरपालिका-२ पौहारी (बरुवा बजारभन्दा केही परको गाउँ)को प्लटिङ जग्गालाई कब्जा गरिएको हो ।

‘जबसम्म प्लटिङ गरिएको उक्त जग्गा कुसुमखोलाका सुकुम्बासीले पाउँदैनन् तबसम्म यो जग्गा हाम्रै कब्जामा रहन्छ’ अध्यक्ष सुनारले भने, ‘हामीले दबाबका लागि पनि यस्तो निर्णय गरेका हौं ।

ट्वान्टी वान ग्रुपले सो जग्गा नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको आरोप संगठनले लगाउँदै आएको छ ।

ट्वान्टी वान ग्रुपले माडीको अयोध्यापुरीको अधिकांश जग्गामा प्लटिङ गरेको छ भने मकवानपुरमा पनि काम गरिरहेको जनाइएको छ ।

केसी सहभागि भनिएको उक्त प्लटिङ कम्पनीमा अन्य केही कलाकारहरु पनि संलग्न रहेको दावी गरिएको छ ।

तर, काठमाडौंमा रहेका कलाकार केसीले भने जग्गा कब्जाबारे आफूलाई जानकारी नभएको दाबी गरे । ‘म यसबारे बुझ्दैछु’ उनले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्