Logo

पूर्वयुवराज पारस शाहले गरे सडकमै हंगामा, सडकमै ब’बाल गरे


पूर्वयुवराज पारस शाहले काठमाडौंको महाराजगञ्जस्थित सडकमै ब’बाल गरेका छन्। बेलाबेला उपद्रो र अनौठो गतिविधिका कारण विवादमा आइरहने पूर्वयुवराज पारस शाहले आज फेरि प्रहरीसँग लफडा गरेका छन् ।

हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका उनलाई नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि पारसले उद’ण्डता देखाएका हुन् । शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए।

सञ्चारकर्मी गणेश बुढाले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धु’म्क्याएका छन् ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ । महानगरीय ट्राफिक प्रहरी कार्यालय महाराजगञ्जले भने यो त्यस्तो ठूलो घटना नभएको बताएको छ । त्यहाँका एक अधिकारीले भने, ‘खासै ठूलो घटना होइन । चार–पाँच मिनेटको घटना हो । सम्झाईबुझाई पठाइदिएका छौ । अहिले सबै ठीक भइसक्यो ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्