नेपाल बिमा संघले काेराेना बिमा रकम उपलब्ध गराउन नसक्ने भन्दै दाबी भुक्तानी स्थगित गरेकाे छ ।

२० वटै निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त गरेपछि मात्रै दाबी फर्साैट गर्ने जनाएका छन् ।

बिमा समितिलाई पत्र लेख्दै संघले सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटाे उपलब्ध गराउन पहल गरिदिन पनि अनुराेध गरेकाे छ ।

हालसम्म १३ अर्ब बढीकाे दाबी परेकाे र उक्त रकम कम्पनीहरूकाे क्षमताभन्दा बढी रहेकाे संघले जनाएको छ ।

संघका अनुसार साउन १४ गतेदेखि नै काेराेना बिमा दाबी भुक्तानी स्थगित भइसकेकाे छ ।