Logo

‘परमादेशकै कारण सुविधा खाइरहेका सांसदले परमादेशकै वि’रोध गर्ने ?’


 

काठमाडौँ: राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताए ।

‘परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका हामी सांसदहरु अनि परमादेशलाई श्राप ? अनि परमादेशका वि’रुद्ध यत्रा कुरा ?’ उनले आ’क्रोश व्यक्त गरे।

नेकपा एमालेका सांसदहरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेका छन् । तर बिडारीले त्यसको प्र’तिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गरे ।

‘प्रधानमन्त्रीले नियुक्ति राष्ट्रपतिले गरेको हो । राष्ट्रपतिलाई बे’इज्जत गराउने सांसद हो कि होइन ?’ उनले प्रश्न गरे, ‘सांसदहरु मिलेर राष्ट्रपतिले गरेको कागजको वि’रुद्धमा परमादेशबाट भयो भनेको छ । हेर्ने त प्रमाण ? हेर्ने त नियुक्ति ?’

सांसद विडारीले नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्चको परमादेशबाट अलग भएको भन्दै परमादेशबाट बनेको दलमा बसेर परमादेशकै वि’रोध नगर्न आग्रह गरे ।

‘परमादेशबाटै एमाले नामको दल खडा भयो, माओवादी दल खडा भयो । त्यही दलमा बसेर बुर्लुक बुर्लक उफ्रेर मोजमस्ती गरेर यस्तो काम भइरहेको छ,’ उनले भने ।

सांसद विडारीले सर्वोच्च अदालतको फैसलाको विषयमा जनताले छलफल गर्न सक्ने र वि’द्रोहीले वि’द्रोह गर्न सक्ने तर संसदमा कुरा उठाउन नपाइने पनि बताए ।

‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले त्यस्तै संविधान बनाएको हो ? संविधानमा त्यही लेखेको छ ?’ उनले भने । संसारको कुनै पनि देशको संसदमा अदालतको फैसलाबारे छलफल नहुने उनले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्