Logo

अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेको भन्दै माओबादि केन्द्रले बिज्ञप्ति निकाल्यो


मुन्धुमस्टार डटकम- नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति आपत्ति प्रकट गरेको छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर राखी सिंगो पार्टीपंक्ति, पाँचदलीय गठबन्धन र आमजनसमुदायमा समेत भ्रम सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमा मन्त्रिमण्डल विस्तार सम्बन्धमा भन्दै गलत सूचना प्रवाह गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ। प्रविधिको प्रयोग गरेर भ्रम फैलाउने तत्वलाई कडा कारबाही गर्न पनि माओवादीले माग गरेको छ।

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्