Logo

नेपाल निकट सांसदहरुले सरकारमा सहभागि हुन नेता नेपाल माथि दबाब


मुन्धुमस्टार डटकम​- एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीनिकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै प्रतिक्रिया नदिएको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन । देउवालाई विश्वासको मत नदिएका नेपालनिकट सांसदहरू भने एमाले एकताको अभियानमा लागेका छन ।

बुधबार मात्रै नेपालले सत्तागठबन्धनको बैठकले नेता डा। विजय पौडेललाई पठाएका थिए । गठबन्धन बैठकले ढिलो नगरी मन्त्रिपरिषद विस्तार गर्ने निष्कर्ष निकालेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्