Logo

प्रमिला राई र खडग गन्धर्बको ‘यूके लाहुरे’ गीत सार्वजनिक


काठमाण्डौ – ‘यूके लाहुरे’ नेपाली गीत सार्वजनिक भएको छ ।

‘यूके लाहुरे’ गीतको भिडियो मुन्धुमस्टार टिभीको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित गायिका प्रमिला राईको स्वर रहेको छ ।

नेपाली गीत संगीतको आकासमा सङ्घर्ष गर्दै स्थापित गायिका प्रमिला राई हुन । प्रमिला राईले फिल्म तथा टेलिचलचित्रमा समेत नायिका तथा कलाकार भूमिकामा अभिनय गरेका छिन । साथै प्रमिला राईले नाछिरिङ समुदायको ‘पौ’ अर्थात ‘सम्बन्ध’ नामक डकु-ड्रामाको फिल्म बनाएकी छिन ।

प्रस्तुत गीतमा शब्द र संगीत खडग गन्धर्बको तथा संगीत संयोजन धनु ज्ञाङमीको रहेको छ । त्यस्तैगरी खडग गन्धर्ब नेपाली गीत संगीत चर्चित नाम रहेको छ ।

 

यस गीतमा एक युवतिको माया प्रेमलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । नेपालको समाजमा हुर्किएकी एक युवति, प्रकृती र जिन्दगी काट्ने प्रेम, यूके लाहुरे जिबन शैली, हासखेल ठटटालाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

‘यूके लाहुरे’गीतमा प्रमिला राई र सुदिप यसमालिको जोडदार अभिनय देख्न सकिन्छ ।

यसगीतलाई भिडियो छायाङकन मरुभुमी नारायणले गरेका हुन । त्यस्तैगरी भिडियो सम्पादन तथा कलर संयोजन रोशन धितालले गरेको हुन ।

‘यूके लाहुरे’ गीतलाई रेकर्डिङ तथा मिक्सिङ रुबिन कौचा मगरले गरेको हुन । त्यस्तैगरी मेक अफ मोहन लामा र मन्जरी स्टुडियोमा रेकर्ड गरिएको हो ।

यस गीतलाई निरेन श्रेष्ठले निर्देशक र ज्योती फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्