Logo

च्याउ खाँदा लिम्बू बाबु–छोराको मृ’त्यु


इलामको फाकफोकथुममा जंगली च्याउको तरकारी खाँदा बाबु–छोराको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार यही साउन ३ गते घरनजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवैजनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा दुवैजनाको अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्