Logo

बादल र विप्लव बीच भेटवार्ता


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ र नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’बीच भेटवार्ता भएको छ ।

विप्लवले शनिबार पूर्वगृहमन्त्री बादलसित भेटवार्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

विप्लवकै पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित भेटघाट भएको हो ।

विप्लव शान्ति प्रक्रियामा आई सरकारसित तीनबुँदे सहमति गर्दा बादल गृहमन्त्री थिए ।

बादल र विप्लव पूर्वसहकर्मी पनि हुन् । १० वर्षे सशस्त्र द्व’न्द्वलगायतमा उनीहरु एउटै मोर्चामा थिए ।

विप्लवले पछिल्लो समय राजनीतिक भेटवार्ता बढाएका छन् ।

शनिबारै उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसित भेटवार्ता गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्