Logo

शुस्मा राईको ‘मेरी आमा’ गीत सार्वजनिक


आदिम आवाज अनलाइन टिभिले “मेरी आमा” नामक गीतको अफिसियल म्युजिक भिडियो आज सार्वजनिक गरेको छ ।

गीतकार टीका चाम्लिङको शब्द, राई नवीनको सङ्गीत र शुस्मा राईको स्वर रहेको ‘मेरी आमा’ गीतको म्युजिक भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

यस म्युजिक भिडियोमा गणेश ईशारा, (बाबुको भूमिका) प्रमिला राई (आमाको भूमिका) गायिका शुस्मा राई स्वयं, रविन थापा मगर तथा देवान चाम्लिङ राईको अभिनय रहेको छ ।

साथै बाल कलाकारका रूपमा गुञ्जन राईले पहिलोपल्ट यस म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । यस भिडियोको निर्देशन गीतकार टीका चाम्लिङ स्वयंको रहेको छ भने छायाङ्कन देवान चाम्लिङ राईले गर्नुका साथै भिडियोको सम्पादन रविन थापा मगरले गरेका छन् ।

सानै उमेरमा देहान्त भएकी सपना राईको वास्तविक जीवन कथामा आधारित यो भिडियोको निर्माण सपना राईकी आमा सीता राईले गरेकी छिन् । वास्तविक घटनामा आधारित रहेको यो म्युजिक भिडियो समकालिन साङ्गीतिक माहोलभन्दा पृथक रहेको छ भने सम्पूर्ण कलाकार र प्राविधिकहरूको मेहनत पनि उत्तिकै सराहनीय रहेको छ ।

निर्देशन र अभिनयमा डेब्यु गरेका निर्देशक र बालकलाकारको काम पनि भिडियोको अर्को प्रशंसनीय पाटो भएको छ । समग्रमा यो म्युजिक भिडियो निकै राम्रो बनेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्