Logo

केपी र माधवजी अखिल र युथ फोर्स तत्काल खारेज गर्नुस – भट्टराई


नेकपा (एमाले) का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन्।

पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएमा आपत्ती जनाउँदै नेता भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत त्यसको औचित्यमाथि प्रश्न गरेका छन्।

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’

उनले भनेका छन्, ‘समाजमा आ’तंकको आभास दिने र युवाहरुलाई अ’राजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अ’पराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्छ।’

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ ।

अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ।

पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आ’तंकको आभास दिएको र युवालाई अ’राजनीतिकरण तथा अ’पराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ ।

‘पार्टीभित्रका गुटमा वैचारिक चरित्र सकिँदै जाँदा एक अर्काका विरूद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ?

यदि हो भने हामी आफ्नो र कम्युनिष्ट आन्दोलनको चिहान आफैंले खनिरहेको स्वीकार गर्नुपर्छ’, उनले भने, ‘शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता विशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन।

तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु।’

नेता भट्टराईले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रहसमेत गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्