Logo

‘श्री ५ बडामहाराज खुशी हुनुभयो, हामीलाई आममाफी मिलेछ !’


काठमाडौँ: नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई माफी दिएको प्रसंगलाई व्यंग्य गरेका छन्।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’

त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्गट र आगामी बाटो’ विषयक कार्यक्रममा सहभागी विभिन्न दलका नेताहरु । तस्वीर: प्रदीपराज वन्त | रासस

‘महाराजधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ उनले भने ।

आफूहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने नेता नेपालले बताएका छन् । उनले भनेका छन्, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’

त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्गट र आगामी बाटो’ विषयक कार्यक्रममा नेकपा (एमाले)का सांसद एवं नेत्री अष्टलक्ष्मी शाक्य आफ्नो मन्तव्य व्यक्त गर्दै । तस्वीर: प्रदीपराज वन्त | रासस

ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्