Logo

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु


आजदेखि सवारी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरिवाना, राजस्वलगायत सवारी कर अनलाइनबाटै तिर्न सकिने भएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त अनलाइन प्रणालीको सुभारम्भ गरेका हुन् ।

अनलाइनबाटै यातायातमा सम्बन्धित सबै किसिमका करहरु तिर्न सकिने वाग्मती प्रदेशका सचिव सञ्जिव बरालले जानकारी दिए ।

उनका अनुसार मोवाइलल बैंकिङ एप, कनेक्ट आईपीएर, इवालेटलगायत अनलाइन एपबाट कर तिर्न सकिनेछ ।

‘‘ब्लुबुक नवीकरण गर्न, राजस्व तिर्न लाइनबस्नुपर्ने समस्या समाधान गर्न यस्तो व्यवस्था गरिएको हो ।

महामारीमा भिडभाड पनि कम हुनेछ । अहिले सुरुवात गरिएको अब यसमा विभिन्न किसिमका सेवा सुविधा प्रभावकारी बनाउने गृहकार्य हुनेछ,” उनले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्