Logo

अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा तीनजना पक्राउ


नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठ’गी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठ’गी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेकाले पी’डितलाई अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भनी प्रलोभन देखाई काठमाडौँमा रहेका भुसाललाई सम्पर्क गरेर भुसालमार्फत तीन व्यक्तिले ठ’गी गरेको जानकारी दिए ।

“पक्राउ परेकाले पी’डितलाई अमेरिकन राजदूतावास काठमाडौँको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने।

पक्राउ परेका भुसालले यसअघि अमेरिकामा थु’नामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी रु २५ लाख ठ’गी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले ठ’गी मुद्दामा कारवाही गरेको थियो । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्