Logo

चार दिनदेखि इजरायली मिसाइल सिरियामा


इजरायलले गए राति पनि सिरियामा आ’क्रमण गरेको छ।

इजरायली सेनाले सिरियामाथि मिसाइल ह’मला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

इजरायलले सिरियाली शहर होम्समा ह’मला गरेको सिरियाली अधिकारीहरुले बताएका छन्।

बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।

सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको चार दिनदेखि यहाँ ह’मला गरेको छ।

यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ।

बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अलेपोमा ह’मला गरेको सिरियाली सरकारी समाचार समिति सानाले जनाएको छ ।

बुधबार जस्तै बिहीबार पनि मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ।

उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ।

त्यसबाट भएको ह’ताहतको समाचार भने आएको छैन । ती आ’क्रमणबाट के कति मानिस ह’ताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ ।

इजरायली सेनाले यसअघि पनि सिरियामा ह’मला गर्ने गरेकोमा केही दिनयता रोकिएको थियो।

तर अहिले गएको चार दिनदेखि निरन्तर रुपमा इजरायलले सिरियामाथि ह’मला गरिरहेको छ।

गत सोमबारदेखि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आ’क्रमण गरेको थियो र अहिले पनि सो क्रम जारी नै रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्