Logo

कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक


३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आज (शुक्रबार)बाट जापानमा सुरु हुँदैछ ।

विश्व खेलकुदको कुम्भमेलाको रुपमा रहेको खेलकुद प्रतियोगिता आजबाट सुरु हुन लागेको हो ।

टोकियोमा आयोजना हुने ओलम्पिकको औपचारिक रुपमा सुरु हुनेछ ।

जापानको राजधानीमा विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ ।

प्रतियोगिता अन्तरगत फुटबलखेलहरु भने मंगलबारबाट सुरु भइसकेका छन् ।

उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

टोकियो ओलम्पिकमा २०७ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालबाट ५ खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेको छ ।

नेपालका खेलाडीहरुको भोलिबाट प्रतियोगितामा खेल हुनेछ ।

उद्घाटन सत्रको मार्चपासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स)ले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली खेलाडीहरु युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुगेका हुन् ।

टोकियो ओलम्पिकमा पौडीबाट गौरिका र एलेक्जेन्डरसँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्