Logo

ब्याङ्किङ प्रणालिमा ह्याक गर्ने धम्कि पछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’


मुन्धुमस्टार डटकम​- नेपालको केन्द्रीय ब्याङ्कसहित विभिन्न ब्याङ्किङ प्रणाली ह्याक गरेर ठूलो हानि पुर्‍याउने बेहोराको एउटा सन्देश सामाजिक सञ्जालमा भाइरल भएपछि “आफूहरूले उच्च साइबर सुरक्षा सतर्कता अपनाएको” वित्तीय अधिकारीहरूले बताएका छन्।

नेपाल राष्ट्र ब्याङ्कका अधिकारीका अनुसार उक्त सन्देशबारे सबै वित्तीय संस्थालाई जानकारी गराएर आफ्नो प्रणाली चुस्त राख्न निर्देशन दीएको छ। नेपाल प्रहरीका प्रवक्ताले “उक्त घटनाबारे साइबर ब्यूरोले राष्ट्र ब्याङ्कसँगको समन्वयमा काम गरिरहेको जानकारी दिएका छन्। एक साइबर सुरक्षाविज्ञका अनुसार यो प्रकरणमा “ह्याकिङ गर्नेभन्दा पनि धम्की दिने उदेश्य रहेको जस्तो” देखिएको छ।

के भएको हो?
राष्ट्र ब्याङ्क र कतिपय वाणिज्य ब्याङ्कका अधिकारीहरूका अनुसार बुधवारदेखि वित्तीय क्षेत्रका व्यक्तिबीच सामाजिक सञ्जालबाट एउटा “इमेलको स्क्रीनशट” आदानप्रदान भएको थियो।

राष्ट्र ब्याङ्कका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायणप्रसाद पोखरेल र नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेल ठेगानामा “पठाइएको जस्तो देखिने बनाइएको” उक्त स्क्रीनशटमा राष्ट्र ब्याङ्क र नेपालका १४ वटा वाणिज्य ब्याङ्कको नामै तोकेर “ह्याकिङको धम्की दीएको” अधिकारीहरूले बताए।

ब्याङ्कमा साइबर आक्रमण बढ्नुमा प्रयोगकर्ताको पनि कमजोरीं ब्याङ्किङ प्रणालीमा ह्याकर हमलाः ढुक्कसँग कारोबार गर्न राष्ट्रब्याङ्कको आग्रह
तर त्यो स्क्रीनशटमा उल्लेख भएको जस्तो इमेल आफूहरूले प्राप्त नगरेको राष्ट्र ब्याङ्कका प्रवक्ता ढकाल र सहप्रवक्ता पोखरेलले बीबीसीलाई बताएका छन्।

“हामीले इन्बक्समा मात्र होइन स्प्याम मेलमा पनि त्यस्तो इमेल प्राप्त गरेका छैनौँ,” प्रवक्ता ढकालले भने, “अझ अनिल शाहको त इमेल ठेगाना नै गलत छ भन्ने कुरा आएको छ।” उक्त स्क्रीनशट हेर्दा त्यो “फोटोशप गरेर बनाइएको जस्तो देखिएको” त्यसलाई हेरेका अधिकारीहरूको भनाइ छ। उक्त स्क्रीनशटका कारण बुधवारदेखि नै ब्याङ्किङ क्षेत्रमा तरङ्ग पैदा भएको निजी ब्याङ्कका अधिकारीहरूले बताए। कतिपयका भनाइमा उक्त सन्देशपछि बुधवार रातिदेखि नै कैयौँ ब्याङ्कहरूले आफ्नो प्रणालीमा आक्रमण भएको वा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्