टोकियो ओलम्पिक अन्तर्गत जुडो खेलाडी सोनिया भट्टले आफ्नो पहिलो खेलमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

सोनियाले टोकियो ओलम्पिकको पहिलो चरणमा डोल्गोभासँग खेल्ने भएकी हुन् ।

बिहीबार सार्वजनिक खेल तालिका अनुसार सोनियाले पहिलो खेलमा बलियो खेलाडी प्रतिद्व’न्द्वी पाएकी छन् ।

उनले महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

जुलाई २४ मा सोनियाले पहिलो खेल खेल्नेछिन् ।

सोनिया नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)की कास्यपदकधारी खेलाडी हुन् ।

सोनियासँग खेल्न लागेकी इरिना विश्व वरीयताको नवौँ स्थानमा छिन् ।