Logo

बानेश्वरमा जारी नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल गएनन


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसको छ।

बुधबार  बानेश्वरमा नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठक बसेको हो।

बैठकमा यसअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष भीम रावल भने सहभागी छैनन्।

उनी बैठकमा आउने/नआउनेबारे टुंगो नभएको नेताहरूले बताएका छन्।

सुरूमा ओलीविरूद्ध खरो रूपमा उत्रिएका रावल पछिल्लो समय नेता नेपालसँग टाढिएका छन्।

नेपाल पनि रावलका गतिविधिबाट असन्तुष्ट रहेको उनीनिकट स्रोतको दाबी छ।

सुरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निकै सक्रिय भएका रावलले देउवालाई विश्वासको मत दिने दिन भने पार्टीको संस्थागत निर्णयबिना उनलाई भोट दिन नहुने भन्दै सांसद पदबाट राजीनामा दिएका थिए।

उनको राजीनामा भने अहिलेसम्म स्वीकृत भएको छैन।

आइतबार नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

जसमध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए। नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेका थिए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरूले पार्टीमै रहेर संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्