सामसङ ग्यालेक्सी एफ २२ दराज एपबाट प्रि–बुकिङ गर्न सकिने
मुन्धुमस्टार
सामसङ ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ खुला गरिएको छ ।
दराजको प्लाटर्फमबाट एफ २२ को प्रि–बुकिङ गर्न सकिनेछ ।
यसका लागि सामसङ र दराजबीच सहमति भएको छ ।
जुलाइ २१ देखि दराज एपबाट एफ२२ प्रि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
सामसङ एफ २२ अक्टा कोअर मिडिया टेक हेलियो जी ८० प्रोसेसरलगायत प्रविधि रहेको छ ।
यस्तै, यस स्मार्ट फोनमा ६ हजार एम्पीयरको ब्याट्री, ४८ मेगापिक्सेल वाइड क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरालगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।
यो मोबाइल शून्य प्रतिशत ब्याजदरमा मासिक रूपमा किस्ता तिरेर पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
४ जीबी र्याम६४ जीबी स्टोरेज भएको एफ २२ को बजार मूल्य २० हजार ५०० र ६ जीबी र्याम१२८ जीबी स्टोरेज भएको एफ२२ को बजार मूल्य २४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।



