राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक
काठमाडौं – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्ड बाट बाहिरिएकी सुदिता राई र मेगास्टार गायक राजेश पायल राईको आवाजमा सजिएको ‘लगन’ गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।
प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजेश पायल राईकोनै संगीत रहेको छ । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई पृथक रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विबेक रानापाहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीलेनै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
गीतमा सन्जिव सुब्बाले गिटार र रत्न विकले बाँसुरी बजाउनु भएको हो भने गीतको कोरसमा गायिका द्वय दिपा तामाङ र संगीता रानापाहेलीले स्वर दिनु भएको छ ।
अहिले यो गीत कतारमा यु–ट्युबको ट्रेण्डिङमा परे संगै अन्तर्राष्ट्रिय रुपमा समेत गीतको चर्चा भैरहेको छ । मेगास्टार राजेश पायल राईले भने, ‘यो आम नेपाली संगीतकर्मीका लागि खुसीको कुरा हो किनकि यो गीत विदेशमा समेत ट्रेण्डिङमा आएको छ ।’
मेगास्टार गायक राजेश पायल राईको आफनै अफिसियल यु–ट्युब च्यानल Rajesh Payal Rai मार्फत शुक्रबार साँझ ५ बजे स्टुडियो भिडियो सार्वजनिक गरिएको हो भने भिडियो छायांकन मनोज राई र दुर्गा वान्तवा राई गरेका हुन् भने भिडियो सम्पादन मनोज राईलेनै गरेका हुन् ।



