कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिताको प्रथम बलहादुर राई भए
झापाका बलबहादुर राई ‘विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिता २०७८’मा प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनमा अनलाइन मार्फत विहिबार सम्पन्न भएको प्रतियोगितामा कमल गाउँपालिका झापाका उनले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । उनले प्रमाणपत्रसँगै १६ हजार रुपैयाँ नगद जितेका छन् ।
यसैगरी खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो स्थान जितेकी छिन् । उनले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी जितुमाया राईले तेस्रो स्थान प्राप्त गरेकी छिन् । उनले ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्राप्त गरेकी छिन् ।
यस्तै सात्वाना पुरस्ष्कार झापाकी मन कुमारी राईले प्राप्त गरेकी छिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी विष्णु माया राई (९६ वर्ष) र देशीलक्षु राई (९२ वर्ष)लाई पाँच हजार नगदसहित जेष्ठ पुर्खा सम्मान प्रदान गरेका छन् ।
निर्णायक मण्डलमा वरिष्ठ गायक जीतेन राई, गायिका पार्वती राई र सांस्कृतिकर्मी तथा संस्थाका निवर्तमान अध्यक्ष राजुएन राई रहेका थिए ।



