घा,इते भइन टीका सानू, शिघ्र स्वास्थ लाभको कामना लेख्नुहोस
टीका सानु पछिल्लो समयको अत्यन्तै चर्चित र लोकप्रिय गायिका हुन । मीठो स्वरकी धनी साधै प्रत्यक्ष दोहोरी गाउन निकै अब्बल टीका सानु उनको स्वरमा हजारौं गीतहरु बजारमा आएका छ्न भने सयौं गीतहरुमा उनी आफैले अभिनय पनि गरेकीछिन।
बजारमा आएका उनका अधिकांश गीतहरु दर्शक स्रोताले अत्यधिक रुचाएका छ्न। हरेक वर्ष उनले तिज लागे संगै तिजका गीतहरु बजारमा ल्याउने गरेकी छिन। यस वर्ष पनि टिकाले नयाँ तिज गीतको तयारी गरिरहेकी थिइन।
यस वर्षकोलागि तिज गीतको भिडियो र अडियोको काम अन्तिम चरणमा पुगेको भन्दै टीका सानुले फोटो सहित आफ्नो फेसबुक वालमा पोस्ट गरेकि छिन।
उक्त गीतकै सुटिङबाट फर्किदै गर्दा सामान्य हिड्दा हिड्दै ल,डेर घा,इते भएको उनले आफ्नो फेसबुक वालमा स्टाटस राख्दै जानकारी गराएकी छिन।
हेर्नुस उनको उक्त स्टाटस: (2078-03-30) जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुराहरु हुदा रैछन, आजको सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै ल’डेर खुट्टाको यो हाल भयो । मैले (2078-04-06) सम्मको काम लिएको थियो भर दिएको थिए तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डाक्टरले २/३ हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वास्थको कारण यहाँहरुमा पर्न जाने नोक्सानीको लागि क्षमा चाहान्छु अब म केही समय रेस्ट मै हुनेछु, धन्यवाद !



