कोपा अमेरिका २०२१ को ‘ड्रिम टिम’ सार्वजनिक गरिएको छ।

दक्षिण अमेरिकी फुटबल महासंघले टिम सार्वजनिक गरेको हो।

आइतबार विहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले सन् १९९३ पछि मुख्य प्रतियोगिताको उपाधि जितेको थियो।

उपाधि विजेता अर्जेन्टिनाका चार खेलाडी ‘ड्रिम टिम’ मा परेका छन्।

यस्तै फाइनलमा पराजित भएको ब्राजिलका तीन खेलाडीले पनि टिममा स्थान पाएका छन्।

कोलम्बिया, पेरू, इक्वेइडर र चिलीका एक-एक खेलाडीलाई कोपा अमेरिका २०२१ को ड्रिम टिममा राखिएको छ।

टिममा परेका अर्जेन्टिनाका कप्तान तथा फरवार्ड लिओनल मेसीले ४ गोल र ५ एसिस्ट गरेका थिए।

यस्तै उनले प्रतियोगिताभरमा २८ प्रहार गर्दा ११ प्रहार टार्गेटमा थिए।

यस्तै टिममा परेका ब्राजिलका नेइमारले तीन अवसर र गोल गरेका गरेका थिए।

टिममा परेका अर्का फरवार्ड लुइस डियासले चार गोल गरेका थिए भने पाँच एसिस्ट गरेका थिए।

ड्रिम टिम

गोलकिपर : एमी मार्टिनेज (अर्जेन्टिना)

डिफेन्डर : माउरिसियो इस्ला (चिली), क्रिस्टियन रोमेरो (अर्जेन्टिना), मार्किन्होस (ब्राजिल), पर्विस एस्तुपियन (इक्वेइडर)

मिडफिल्डर : कासेमिरो (ब्राजिल), रोद्रिगो डि पाउल (अर्जेन्टिना), योशिभार योटुन (पेरू)

फरवार्ड : लुइस डियास (कोलम्बिया), लिओनल मेसी (अर्जेन्टिना), नेइमार ब्राजिल