Logo

राहुल सांकृत्यान जन्मले ब्राम्हण थिए तर कर्म र चिन्तनले उनी मार्क्सवादी भए – गोपाल किराती


राहुल सांकृत्यानले भने- “तब मेरा ब्राम्हणत्व जाग उठा हैं!”

भारतीय जन्मका राहुल सांकृत्यान ठुला विद्वान हुन, मार्क्सवादी हुनुको अर्थमा उनका रचनाहरु अधिक विश्वसनीय लाग्दछन। कक्षा ७ सम्म मात्र औपचारिक शिक्षा लिएका राहुल भारतीय मार्क्सवादी विद्वानमध्ये सर्वश्रेष्ठ मानिन्छन। विचारधारात्मक संघर्ष र यावत खोज अनुसन्धानका दौरान उनले आफुलाई “केदारनाथ पाण्डे” बाट मुक्त गरि “राहुल सांकृत्यान” तुल्याए। लाग्दछ, विज्ञानसम्मत उनका रचनाहरु नपढेको मानिस वस्तुत: मार्क्सवादी हुन सक्दैन।

उनै राहुल सांकृत्यानले एक प्रसंगमा लेखेका छन:

लामो समय तिब्बतको बसाई र भाषा सिकाईपछि म बेइजिङ्तिर लाग्ने भएँ। तिब्बती सहायकहरुले बाटोभरी खाना पकाउँदै ख्वाउँदै लगे। खानामा प्राय: सिकुटी मासु र सातु हुने गर्थ्यो। पठारको यात्रामा अरु खानेकुरा पाउँन पनि सकिंदैनथ्यो।

खाँदै गर्दा एक दिन जिज्ञाशा लाग्यो र सहायकलाई सोधी हालेँ- “यो के को मासु हो?” स्वभाविक तवरले सहायकले जवाफ दियो -“सर, यो चीरीगाईको मासु हो।”

“गाईको मासु” सुन्नासाथ मैले घाँटीमा निल्दै गरेको मासु एक्कासी मुखबाट ओकलें र तुरुन्त सम्झें -“क्योंकि, तब मेरा ब्राम्हणत्व जाग उठा हैं।”

किनकि, विश्वयात्रामा निस्कनु अघि मैले दिल्लीमा पत्रकार सम्मेलन गरेको थिएँ। त्यस सम्मेलनमा मैले घोषणा गरेको थिएँ कि “आजदेखि म ब्राम्हण होइन, हिन्दु होइन, भारतीय पनि होइन। म केवल विश्व नागरिक हुँ।”

फोटो : बुद्दिस्ट ग्लोबलबाट

तर, जब गाईको मासु सुनें, तब मभित्र निहित ब्राम्हणत्व जाग्यो। अघिसम्म सहजै खाँदै गरेको चौरीगाईको सिकुटी, जसलाई पानीमा भिजाएर गिलो बनाईएको हुन्थ्यो, अब घाँटीले निल्न नसक्ने भयो। ननिले भोकले मरिने भयो। तब एक चोक्टा मासु हातले मुखमा कोच्दै पानीको सहायताले निल्दै गर्न थालियो।

प्रसंग यहाँ रुकुम-जाजरकोटमा नवराज विश्वकर्मा ह’त्याका’ण्डमा वरिष्ठ पत्रकार किशोर नेपालहरुको हो, जसले ह’त्याराको पक्षमा खुलेआम तरफदारी गरेका थिए। प्रसंग रुपा सुनारको हो, जस वि’रुद्व भूतपूर्व सचिव भीम उपाध्यायहरु ना’ङगै उफ्रेका छन। कृष्णगोपाल श्रेष्ठ एमाले, त्यसमा पनि ओली गुटका हुन, तीबाट न्यायको अपेक्षा नै सर्वथा गलत ठहर्छ। तर, आफुलाई सामाजिक न्यायको पक्षधर बताउने भीम उपाध्यायहरु ब्राम्हणत्व जगाउँछन: ढोल, स्त्री र शुद्रलाई ताडनको अधिकारी क’रार गर्ने मनुस्मृतिवादी लयमा ताण्डप गर्छन, उत्पीडनकारी सत्ताको पक्षमा खुलेआम चि’च्याउँछन। “जो होचो, उसैको मुखमा घो’चो” को ह’र्कत दोहर्याउछन। यो चाहिँ ज्यादै दु:खद एवं आश्चार्यजनक कुरा हो, गणतन्त्र वि’रोधी अ’पराध हो।

सम्भवत: कारण यही हो, जसले गर्दा नेपालमा कम्युनिस्ट आन्दोलन निर्णायक बन्न सकेको छैन, आम नागरिकको जीवनमा सामाजिक न्यायसहितको लोकतन्त्र उपलब्ध हुन सकेको छैन। परन्तु, महान जनयु’द्व र जनआ’न्दोलनले आर्जन गरेको साँस्कृतिक चेतनाबाट सामुदायिक जीवन सुसज्जित बन्दैछ र दलित उत्पीडितको पक्षमा प्रगतिशील आवाज बढ्दैछ।

जहाँसम्म ब्राम्हणको प्रश्न हो, यहाँ ब्राम्हण समुदाय जेठा मुखियाको स्थानमा पुगेको छ। त्यसैले ब्राम्हणले नै सर्वप्रथम बाटो सफा गर्नु पर्छ। त्यस निमित्त महिला लोकतन्त्र, दलित लोकतन्त्र, आदिवासी लोकतन्त्र तथा मधेसी लोकतन्त्र प्रत्याभूत गर्ने अग्रमोर्चामा प्रगतिशील ब्राम्हणहरु डट्नु पर्छ। क्रमश: उत्पीडित समुदायलाई मुक्त गर्दै सा’मन्तवादी विष्ट जातबाट स्वयंलाई मुक्त गर्न खसहरु, आदिवासीहरु लामबद्व हुन जान्नु पर्छ। यसरी नेपालमा समाजवादी लोकतन्त्र सम्भव छ।

राहुल सांकृत्यान जन्मले ब्राम्हण थिए। तर, कर्म र चिन्तनले उनी इमान्दार मार्क्सवादी भए। मार्क्सवादी हुनु भनेकै इमान्दार र वैज्ञानिक हुनु हो। के इमान्दार र वैज्ञानिक हुनु ब्राम्हण, खस, आदिवासी या तथाकथित पानी चल्ने विष्टजातका निम्ति नोक्सानदायी छ र? किमार्थ नोक्सानदायी छैन, बरु नि:सन्देह लाभदायी छ। तब बजार पुँजीवादको दुनियाँमा लाभ हासिल नगर्ने किन?

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्