दराज र एनओसीबीच टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि सम्झौता
अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले सम्झौता्पत्रमा हस्ताक्षर गरे ।
दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को विश्वव्यापी पार्टनर हो ।
यो साझेदारीसँगै नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ ।
टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदै छ ।
२०० भन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवर्द्धन होस् भन्ने नै रहेको दराजले जनाएको छ ।



