Logo

हारे आमा, मैले हारे जित्नै सकिन, रुख थियो पैसाको मैले टिप्नै सकिन – धर्मेन्द्र सुनार


हारे आमा, मैले हारे जित्नै सकिन…
रुख थियो पैसाको मैले टिप्नै सकिन !!

सम्पूर्ण मलाइ माया गर्नुहुने साथ दिनुहुने सयोग गर्नुहुने नेपाली आमा–बुवा, दाजु–भाइ दिदी–बहिनीहरुलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु । द भ्वाईस अफ नेपाललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । मलाई यति ठूलो नाम दिनुभयो । ५ महिनासम्म हाम्रो क्लोज क्याम्पमा मलाइ राख्नुभयो । एकदमै धेरै माया गर्नुभयो । म मेरो सुदूरपश्चिमबासीलाई माफी माग्न चाहान्छु । मलाइ भोट गर्न आतुर भएका मेरा साथीहरुलाइ माफी माग्न चाहान्छु ।

म भ्वाईसबाट बाहिरिए पनि आफ्नो सांगितिक यात्रालाई अगाडि बढाउने छु । जसरी हिजो माया गर्नुभएको थियो त्यसरी आगामी दिनहरुमा पनि माया गरिदिनु होला । मेरो दाइ लाई सरी भन्न चाहान्छु । हजुरले सिकाउनु भएको गीत प्रेजेन्ट गर्न पाइन । दाइ मेरो अधुरो सपना पूरा गर्न अर्कोपाली तपाईं आउनुपर्छ । सबैलाइ धेरै सम्झेको छु ।

यी माथिका कुराहरु धर्मेन्द्र सुनारले ‘द भ्वाई अफ नेपाल’को मञ्च नकआउट चरणबाट छोडेर जाँदाजाँदै लेखिएको मार्मीक स्टाटस हो ।

‘द भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा बाजुराकाको बुुढिनन्दा नगरपालिका २ कोल्टि बस्ने २४ बर्षिय धर्मेन्द्र सुुनारको सामाजिक सन्जालमा निकै मन पराएका प्रतिस्पर्धी रहेको थियो ।

बाजुराकाबाट डिजीटल एडिसेन ‘द भ्वाइस अफ नेपाल सिजन ३’मा पठाएपछि धर्मेन्द्र सुुनार छनोट भएका थिए । ‘द भ्वाइस अफ नेपाल सिजन ३’का जजले उनको स्वर तथा कलालाई मन पराएपछि उनको घर बाजुराको कोल्टिमै ‘द भ्वाइस अफ नेपालको टिम बाजुरामा पुुगेर ल्याएको थियो ।

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ गत चैत्रको पहिलो शुक्रबारबाट सुरु हुने भएको थियो। हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने गर्दछ ।

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल, तृष्णा गुरुङ र राजु लामालाई पनि यो सिजनमा रहेका छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्