दिपक बस्नेतको “सेवानै धर्म हो, जातजाति छुवाछुत ठुलो भ्रम हो” बोलको मानवताबादी गीत सार्बजनिक
मुन्धुमस्टार डटकम- ‘तिमी फुल हौ,’ ‘मेहफिलमा आज,’ ‘तातो रगत अझै छ’, ‘जीबन यस्तै यस्तै चल्दै छ’ जस्ता चर्चित गीतका सर्जक गीतकार दिपक बस्नेतको अर्को नया सिर्जना “सेवा नै धर्म हो” सार्वजनिक भएको छ।
हाम्रो समाजमा जन्मको आधारमा गरिने बि’भेद , वंशको आधारमा गरिने बि’भेद , वर्णको आधारमा, आँखाको रंग, छालाको रंग, कपालको रंगको आधारमा गरिने बि’भेद आदि छ्न। यत्तिमात्रै नभएर संस्कृति, पहिचान, भाषा, धर्म, जातीय बि’भेद पनि हुने गरेको छ। गीतकार बस्नेतले यो गीतमा सामाजिक,साँस्कृतिक, लैङ्गिक र सामुदायिक बि’भेदका यथार्थ घटनाहरु लेख्दै “सेवानै धर्म हो जातजाति छुवाछूत ठुलो भर्म हो” भन्ने कुरालाई गीतमार्फत छर्लङ्ग पार्न खोजेका छ्न।
मानिसले नै बनाएका मुर्तिहरु महल मन्दिरमा सजिन्छन, बनाएका सामानहरु भित्रीन्छन तर सामान भित्र हुदा मानिस अझैसम्म बाहिर नै छन। यो कार्य ग’लत हाे र यस्को अन्त्य हुन जरुरी छ भन्ने कुरालाई औंल्याउँदै, समान रुपले हिड्न पाउने र बोल्न पाउनुपर्ने मानवताबादी साँस्कृतिक चरित्र भएको समाज निर्माण गर्नु पर्ने कुरालाई गीतमार्फत गितकारले जोड दिएका छ्न। दिपक बस्नेत अफिसियाल युट्युब च्यानलको आफ्नै आधिकारिक युट्युब च्यानलबाट आज सार्बजानिक भएको यो मार्मिक गीतमा संगीत बलराम समालकाे रहेको छ भने दुर्गा परियार, बलराम समाल र लाेकेन्द्र कार्कीको समधुर आवाज रहेको छ।
यो २१ औं सताब्दिमा पनि १६ औं सताब्दिको साँस्कृतिक तथा सामाजिक सत्ताले जकडेर बि’भेदको चाङलागेको हाम्रो समाजलाई मानवताबादी समाजिक संस्कार र संस्कृती भएको समाज निर्माणमा यो गीतले सकारात्मक भुमिका खेल्ने छ भन्ने अपेक्षा रहेको यस गीतको निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।
भिडियो लिंङ्क तल….



