प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । रासस
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
